राजनीति


लिपुलेक नेपालको हो, भारत–चीन सहमतिविरुद्ध यी ६ कदम चालौँ : विश्वप्रकाश शर्मा

लिपुलेक नेपालको हो, भारत–चीन सहमतिविरुद्ध यी ६ कदम चालौँ : विश्वप्रकाश शर्मा

नेपालखबर
भदौ ५, २०८२ बिहिबार ११:२४, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको भूभाग लिपुलेकलाई दुई देशको व्यापारिक नाका बनाउने भारत र चीनको निर्णयविरुद्ध सरकार, संसद्, दल र सिंगो देश एक हुन आह्वान गरेका छन्। 

प्रतिनिधि सभा सदस्यसमेत रहेका शर्माले यसका निम्ति ६ कदम चाल्न अपिल गरेका छन्। 

उनका अनुसार यी हुन् चालिनुपर्ने ६ कदम:

१) सरकारको आह्वानमा सर्वदलीय/सर्वपक्षीय बैठक।

२) बैठकमार्फत विकसित घटनाक्रममा हाम्रो एक्यबद्ध दृष्टि र साझा प्रतिबद्धता निर्माण।

३) हाम्रो संसद्‌ले ३१ जेठ २०७७ मा संविधानको अनुसूची ३ मा सर्वसम्मत पारित गरेर स्पष्ट गरेको 'चुच्चे नक्सा'प्रति देशभित्र र अन्तर्राष्ट्रिय जगत्‌मा थप स्पष्टता।

४) भारत र चीनबिच १५ मे २०१५ मा लिपुलेकबारे भएको अघिल्लो सहमतिउपर नेपालले पठाएको कूटनीतिक नोटसमेत स्मरण गराउँदै पछिल्लो सहमतिउपर पुन: कूटनीतिक नोट।

५) ऐतिहासिक तथ्यहरूका आधारमा हाम्रा दुवै छिमेकीलाई विश्वासमा लिन जरुरी, प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्रवेश।

६) नेपाल-भारत सीमा र सम्बन्धबारे बौद्धिक सुझावका लागि दुवै देशको सहमतिमा गठित प्रबुद्ध समूह ईपीजी (इमिनेन्ट पर्सन्ज ग्रुप) को ७ वर्षअघि तयार प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्न र त्यसलाई आधार मानेर अन्य विषयहरू समेतको हल खोज्न नेपालका तर्फबाट प्रस्ताव।

यी कदम चाल्न आग्रह गर्दै शर्माले भनेका छन्, ‘लिपुलेक नेपालको हो। अनेकौँ फरक मतका बीच पनि सिंगो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिन जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad