राजनीति


विद्या भण्डारीले भनिन्- मेरो संगठित सदस्यमै च्यासलले प्रश्न उठायो, एमाले हुँ, एमाले भइरहन्छु

विद्या भण्डारीले भनिन्- मेरो संगठित सदस्यमै च्यासलले प्रश्न उठायो, एमाले हुँ, एमाले भइरहन्छु

नेपालखबर
भदौ ५, २०८२ बिहिबार १५:४०, काठमाडौँ

पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू एमाले रहेको र एमाले भइरहने बताएकी छन्। काठमाडौँको बानेश्वरस्थित थापा गाउँमा आफ्नो सम्पर्क कार्यालय स्थापनाको क्रममा सम्बोधन गर्दै आफ्नो सदस्यताका विषयमा एमालेले प्रश्न उठाएको भन्दै आपत्ति जनाएकी हुन्। 

'तपाईं के गर्नुहुन्छ भनेर यहाँहरूलाई लागेको होला म निरन्तर काम गरिरहन्छु। साथीहरू नेता भन्छन्- आफ्नो त पार्टी संगठित सदस्यकै विषयमा प्रश्न उठाएको छ यो च्यासलले,' उनले भनिन्, ' त्यसकारणले म चाहिँ के भन्न चाहन्छु भने- एमाले अहिले,  माले थियो पहिले माले कालदेखि नै सदस्य भएको हो। ०३७ सालमा सदस्यता लिएको रहेछु। ४५ वर्ष भएछ। राष्ट्रपतिको शपथ खाँने बेलामा ३५ वर्ष भएको थियो। पार्टीले निर्णय गरेर जानुपर्छ भन्यो गएँ। राष्ट्रपतिले गर्नुपर्ने काम गौरव गर्ने हिसाबले गरेको छु।'

उनले आफू एमाले नै भइरहने पनि बताइन्। उनले थपिन्, 'एमालेको सदस्य भएर काम गर्न चाहन्छु, गरिरहन्छु। पार्टी सिद्धान्तको मर्म र भावनाअनुसार काम भयो कि भएन समीक्षा गर्ने हो, बेला भएको छ।'

उनले पार्टीले जिम्मेवारी दिए पनि नदिए पनि आफू सक्रिय भइरहने बताइन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad