नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ। आजको बैठक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार छान्नका लागि बसेको हो।
बैठकमा पार्टी सभापति, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत पदाधिकारी र प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी छन्।
उक्त समितिमा कांग्रेसकै तर्फबाट सभापति बनेका रामहरि खतिवडा संघीय निजामती सेवा विधेयकमा भएको चलखेलपछि छानबिन गर्न बनेको समितिले नैतिकताको प्रश्न उठाएउँदै जिम्मेवार ठहर भएपछि राजीनामा दिएका थिए।
यही विषयमा छलफल गर्न सभापतिसहित पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकले उम्मेदवार टुंगो लगाउन नसकेपछि आज मनोनयनको दिन फेरि बैठक बसेको हो।
Shares

प्रतिक्रिया