राजनीति


प्रधानमन्त्री ओली भदौ १४ देखि १८ सम्म चीन भ्रमण गर्ने तालिका सार्वजनिक

प्रधानमन्त्री ओली भदौ १४ देखि १८ सम्म चीन भ्रमण गर्ने तालिका सार्वजनिक

नेपालखबर
भदौ ११, २०८२ बुधबार १७:१६, काठमाडौँ

सरकारले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ देखि १८ सम्म चीन भ्रमण गर्ने तालिका सार्वजनिक गरेको छ।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी तालिका सार्वजनिक गरेको हो। 

ओली सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेका हुन्। उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्नेछन्।

त्यस्तै उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने तय भएको छ।

ओलीले सेप्टेम्बर १ मा तियानजिनमा आयोजित 'एससीओ प्लस समिट'लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, शिखर सम्मेलनको अवसरमा उनले सहभागी अन्य विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नेछन्।

जापानी उपनिवेशविरुद्ध विजय हासिल गरेको ८० औँ वार्षिकोत्सवका उपलक्ष्यमा बेइजिङमा हुने मिलिटरी परेडमा पनि प्रधानमन्त्री सहभागी हुनेछन्।

प्रधानमन्त्रीको टोलीमा श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा लगायत रहनेछन्। 

प्रधानमन्त्री ओली भ्रमण पूरा गरेर भदौ १८ गते स्वदेश फर्किने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad