कला


टिजरमा यस्तो देखियो हरिबहादुरको जुत्ताः चोरदेखि कारुणिक पात्रसम्म (भिडिओ)

टिजरमा यस्तो देखियो हरिबहादुरको जुत्ताः चोरदेखि कारुणिक पात्रसम्म (भिडिओ)

नेपालखबर
भदौ ११, २०८२ बुधबार १७:१८, काठमाडौँ

दसैँको अवसरमा रिलिज हुन लागेको बहुप्रतिक्षित फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ।

हाँसो, आँसु र करुणासहित सबै भावनालाई समेटेको टिजरले नेपाली दर्शकलाई टेलिभिजन सिरियलमा चर्चित बनेको हरिबहादुर पात्र सम्झाउँछ। 

सिरियलमा चोर र ठगको परिचय बनाएको हरिबहादुर, जसले अरुलाई मात्रै रुवाउँथ्यो, फिल्ममा आइपुग्दा भने आफू पनि रोएको देख्न सकिन्छ।

निर्देशक दीपेन्द्र के खनालले यसपटक हरिबहादुरलाई केवल हास्यमै सीमित नराखी भावुक र कारुणिक पात्रका रूपमा पनि देखाउन खोजेको आभास टिजरले दिन्छ।

असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा हरिबहादुर (हरिवंश आचार्यको पात्र) केन्द्रमा रहेपनि अन्य चर्चित कलाकारहरूको अभिनय पनि देख्न सकिन्छ।

टिजरमा प्रियंका कार्की प्रहरीको भूमिकामा देखिएकी छिन् भने स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय पनि समावेश छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। चलचित्रका छायांकन कृष्ण बहादुर थापा, सम्पादन नकुल खड्का ले गरेका छन्।

संगीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुत छन् भने स्वरमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाई रहेका छन्। 

दसैँमा दर्शकलाई हाँसो, रमाइलो र भावनात्मक यात्रा दिने वाचा गर्दै ‘हरिबहादुरको जुत्ता’रिलिज हुन लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad