राजनीति


निर्वाचन आयोगबाट नाउपा अध्यक्ष कायम भएपछि रञ्जिताले बोलाइन् पहिलोपटक बैठक

निर्वाचन आयोगबाट नाउपा अध्यक्ष कायम भएपछि रञ्जिताले बोलाइन् पहिलोपटक बैठक

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १०:२४, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठक बोलाएकी छन्। 

उनले यही भदौ १५ र  १६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएकी हुन्।

कान्तिपथको होटल एल्लो प्यागोडामा बस्ने बैठकमा छलफलका लागि चारवटा एजेन्डा तय गरिएको छ। 

अध्यक्ष श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीति, विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोगमा पार्टीको विवरण अध्यावधिक गर्ने विषयमा छलफल हुनेछ।

यसअघि गत साउन १६ गते पार्टीका संरक्षक रेशम चौधरी पक्षले भेला राखी रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएको थियो। तर निर्वाचन आयोगले श्रेष्ठ नै अध्यक्ष रहेको ठहर गरेपछि पहिलोपटक बैठक बस्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad