राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा अरनिको पाँडेविरुद्ध मुद्दा दर्ता भएसँगै काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको छ। प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो।
अहिले न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बयान जारी छ। बयान सकिएपछि थुनछेक पनि आजै हुनेछ। थुनछेकपछि उनलाई कारागार पठाउने, साधारण तारेखमा छोड्ने या धरौटीमा छोड्ने भन्नेमध्ये एक आदेश इजलासले गर्ने छ।
एक महिलालाई इमेल तथा सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप पाँडेमाथि छ। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको छ।
हिजो बिहीबारमात्रै उनलाई अदालतले ४ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।
वातावरणविद् पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत हुन्।
Shares

प्रतिक्रिया