राजनीति


जीएसआई र सैन्य परेडमा सहभागी भएकोबारे संसद्‍मा प्रधानमन्त्रीको जवाफ माग

जीएसआई  र सैन्य परेडमा सहभागी भएकोबारे संसद्‍मा प्रधानमन्त्रीको जवाफ माग

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०८२ बिहिबार १३:४९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले चिनियाँ पक्षले नेपाल चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ(जीएसआई)मा सर्मथन गरेको प्रचार गरिरहेको भन्दै त्यसबारे स्पष्ट पार्न आग्रह गरेका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकमा बैठकमा बोल्दै उनले यसमा प्रष्ट पार्न जरुरी रहेकोमा जोड समेत दिए। ‘चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपाल सहभागी भएको कुरा आएको छ, चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि चिनियाँ पक्षले जारी गरेको वक्तव्यमा चीनको सुरक्षा रणनीति (जीएसआई)मा नेपाल समर्थन गर्छ भनेर उल्लेख गरिएको छ,’ पाण्डेले भने, ‘
प्रधानमन्त्रीको भ्रमण दलका सदस्य र नेताहरुले यसमा नेपालको समर्थन छैन भन्दै आएको देखिन्छ। सत्य कुरा चाहिँ के हो यो प्रष्ट हुनु जरुरी छ।’

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली चीनले आयोजना गरेको सैन्य परेडमा सहभागी भएकामा पनि प्रश्न उठाएका छन्। जापानलाई दोस्रो विश्वयुद्धमा पराजित गरेको अवसरमा सैन्य परेड आयोजना गरिएको भन्दै त्यसमा सहभागिता जनाउनु नेपालको असंलग्न परराष्ट्र नीति विपरित भएको पाण्डेको भनाइ छ।

‘चीनले जापानमाथि विजय गरेको दोस्रो विश्वयुद्धको ८० औं वार्षिक उत्सवमा आयोजित परेडमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभयो,’ उनले भने, ‘ जापान नेपालको प्रमुख विकास साझेदार देश हो। जापानले आत्मसर्थन गरेको सन्दर्भलाई समझना गर्न आयोजित परेडमा प्रधानमन्त्रीले भाग लिनु नेपालले लिँदै आएको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको विरोध भएन?’

यसबारे प्रधानमन्त्रीले संसद्‍मा आएर जवाफ दिनुपर्ने भन्दै पाण्डेले भने, ‘यसबारेमा प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सत्य के हो जानकारी गराउन अनुरोध गर्न चाहान्छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad