राजनीति


ओलीको प्रतिवेदन- कुनै पनि देशले आफ्नो विचार, विकास ढाँचा र रणनीति लाद्ने प्रयास नगरोस्

ओलीको प्रतिवेदन- कुनै पनि देशले आफ्नो विचार, विकास ढाँचा र रणनीति लाद्ने प्रयास नगरोस्

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १५:३०, काठमाडौँ

नेकपा एमालेले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने मान्यतासहित परराष्ट्र नीतिलाई सात बुँदामा विश्लेषण गरेको छ।

स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित बाह्य सम्बन्ध, सबैसँग मित्रता, कसैसँग छैन शत्रुता, व्यापक सहयोग र साझेदारी, सार्थक क्षेत्रीय सहयोगः परिणाममुखी बहुपक्षीयता, स्वतन्त्रता र अहस्तक्षेपको सुनिश्चितता, न्यायपूर्ण समतामूलक विश्वव्यापी व्यवस्था र मनावतको हितमा आधुनिक प्रविधिको प्रयोग, नवीन दृष्टिकोण रहेका छन्।

‘विचारधारात्मक वा रणनीतिक आधारमा राष्ट्रहरू बीचको ध्रुवीकरण र विभाजनका बहाना हुनुहुँदैन। हामी के ठान्छौं भने विश्व राजनीतिमा बहुलवाद सुनिश्चित गरिनुपर्छ। कुनै पनि देशले आफ्नो विचारधारा, विकास मोडालिटी वा रणनीति अरुमाथि लाद्ने प्रयास गर्नुहुँदैन। र, सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो संस्कृति, सभ्यता र पहिचान साथै अविकसित र विकासशील देशहरुसँग ऐक्यबद्धताको भावना केन्द्रमा रहनुपर्छ’, परराष्ट्र नीति खण्डमा उल्लेख गरिएको छ।

राष्ट्रहरू जमिनको आकार, जनसंख्या वा आर्थिक शक्तिको आकारमा फरक हुन सकछन्, तर सबैको सार्वभौमिकता र राष्ट्रिय सम्मान समान रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘हामी विवादहरुको शान्तिपूर्ण समाधानको दृष्टिकोणमा छौं, र श्रमिक वर्गको विशाल बहुमतको पक्षमा विश्व व्यवस्थालाई पुनः आकार दिन चाहन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad