राजनीति


सामाजिक सञ्जाल बन्दविरुद्ध १२ वटा रिट सर्वोच्चमा, अहिलेसम्म एउटा पनि भएन दर्ता

सामाजिक सञ्जाल बन्दविरुद्ध १२ वटा रिट सर्वोच्चमा, अहिलेसम्म एउटा पनि भएन दर्ता

नेपालखबर
भदौ २२, २०८२ आइतबार १७:२८, काठमाडौँ

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा १२ वटा रिट पेस भएका छन्।

विभिन्न कानुन व्यवसायी तथा अधिकारकर्मीहरूले सञ्चार तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकमाथि आधात पार्ने गरी चालिएको कदममा रोक लगाउन माग गर्दै शुक्रबार र आइतबार गरी १२ वटा रिट दिएका छन्। तर, ती कुनै पनि रिटमा सर्वोच्च प्रशासनले दर्ता गर्ने वा दरपीठ भनेर निर्णय दिइसकेको छैन।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले नेपालखबरसँग भने, ‘१२ वटा जति निवेदन परेका छन्। ती सबै अध्ययनकै क्रममा छन्। दर्ताका विषयमा कुनै निर्णय भएको छैन।’

सरकारले सर्वोच्च अदालतकै एउटा आदेशको हवला दिँदै बिहीबार रातिदेखि फेसबुक, युट्युटबलगायत १२ वटा सामाजिक सञ्जाल बन्द गरिदिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad