नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ।
अध्यक्ष ओलीले तीनवटै प्रस्तावलाई निर्णायर्थ पेस गरेपछि प्रतिनिधिहरूले तालीको ध्वनीका साथ प्रतिवेदनहरू सर्वसम्मत रुपमा पारित गरिएको थियो।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षे इतिहासमा विश्व कम्युनिस्ट पार्टीहरूको लोगो हँसिया हथौडाको रङ एमालेले फेरेको छ। सेतो रंग प्रयोग हुँदै आएकोमा अब एमालेले रातो रंगमा सनौलो कलरको हँसिया हथौडा अंकित हुनेछ।
त्यसैगरी महाधिवेशनले निर्वाचन आयोगको प्रमुखमा पुनः डा विजय सुब्बालाई दोहोर्याएको छ। उपाध्यक्षमा सानुराजा पोखरेल र सचिव कुन्साङ लामासहित सर्वसम्मत निर्वाचित भएका छन्।
Shares

प्रतिक्रिया