राजनीति


रातभर सुत्न सकिनँ, कांग्रेस सरकारबाट फिर्ता हुने निर्णय गराउन लाग्छु: गगन थापा

रातभर सुत्न सकिनँ, कांग्रेस सरकारबाट फिर्ता हुने निर्णय गराउन लाग्छु: गगन थापा

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ९:३९, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार सरकारबाट १९ आन्दोलकारी युवा मारिएको घटनाले रातभर निदाउन नसकेको बताएका छन्।

अब आजको कार्यसम्पादन समितको बैठकमा पार्टीलाई तत्काल सरकारबाट फिर्ता हुन प्रस्ताव गर्ने उनले बताएका छन्।

उनले मंगलबार बिहान भनेका छन्, 'रातभर सुत्न सकिनँ। मजस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रूर दृश्य आँखाअगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अविलम्ब पद छोड्नुपर्छ। 
अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रूपमा रहनु हुँदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad