समाज


उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु

भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश
उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु

नेपालखबर
भदौ २४, २०८२ मंगलबार ९:५३, काठमाडौँ

काठमाडौँ र ललितपुरसँगै भक्तपुरमा पनि सरकारले कर्फ्यु आदेश जारी गरेको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्। 

सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा २ गरि १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। सरकारी दमनको  बिरोधमा हुनसक्ने प्रदर्शनलाई रोक्नको लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेका हुन्।

स्थानीय प्रशासन ऐन(२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रजिअ घिमिरेले जारी गरेको सूचनामा उल्लेख छ। 

कर्फ्यु अवधिभरि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउन जस्ता क्रियाकलाप गर्न नपाइने सूचनामा उल्लेख छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad