समाज


अदालतमा झुटो बयान दिएको आरोपमा ५० लाखको भ्रष्टाचार मुद्दा

अदालतमा झुटो बयान दिएको आरोपमा ५० लाखको भ्रष्टाचार मुद्दा

नेपालखबर
असार १०, २०८३ बुधबार १६:२६, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकूल हुने गरी बकपत्र गर्ने व्यक्तिविरुद्ध मुख्य आरोपी सरह मुद्दा दायर गरेको छ।

आयोगले उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थायी वतन भएका विकास कुमार चापागाईविरुद्ध विशेष अदालतमा ५० लाख रुपैयाँ विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो।

झलकराम अधिकारीसमेत भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी चापागाईंले विशेष अदालतसमक्ष गत जेठ १३ गते बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान तथा मिसिल संलग्न प्रमाण कागजहरुको प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको आरोप छ।

‘प्रतिवादी झलकराम अधिकारीले राजस्व चुहावटका विषयमा अनुसन्धान कारवाही नगर्ने नगराइ दिने लगायतका काम वापत गैरकानुनी लाभ लिने मनसाय राखी एचके इन्टरप्राइजेज प्रालिका सञ्चालकको व्यापारिक कारोबारमा सहजीकरण एवं मोलाहिजा गरी दिनको लागि उक्त प्रालिका सञ्चालकबाट घुसररिसवत वापतको ५० लाख रुपैयाँ रकम बराबरको चेक प्रतिवादी विकास कुमार चापागाईको नाममा काट्न लगाई उक्त चेक निज विकास कुमार चापागाईले बुझी लिई सो रकम आफ्नो बैंक खातामा दाखिला गरी गराई प्रतिवादी झलक राम अधिकारीको निर्देशन बमोजिम खरिद गरे गराएको जग्गाको रकम भुक्तानी भएको’ अख्तियारले उल्लेख गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad