राजनीति


सरकार बनाउने पहल राष्ट्रपतिबाटै हुनुपर्छ, सहजीकरण गर्न तयार छौँः महासंघ

सरकार बनाउने पहल राष्ट्रपतिबाटै हुनुपर्छ, सहजीकरण गर्न तयार छौँः महासंघ

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १९:३०, काठमाडौँ

नेपाल पत्रकार महासंघले सरकार बनाउने लगायतको पहल राष्ट्रपतिबाटै हुनुपर्नेमा जोड दिएको छ। 

यसको लागि सहजीकरण गर्न पत्रकार महासंघ लगायतका ६ वटा पेशागत सञ्जाल (पापड) तयार रहेको महासंघले जनाएको छ।

महासंघले बिहीबार विज्ञप्ति प्रकाशित गरी ‘वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरु मार्फत नै समाधान खोज्दै मुलुकलाई सहज निकास दिनु पर्दछ’ भनेको छ। 

‘यसका लागि राष्ट्रपतिले वार्ताका लागि बोलाई सकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसावले मात्र सुरक्षा निकायले गर्ने हो अन्य सरकार बनाउने लगायतको पहल राष्ट्रपति बाटै हुनुपर्छ’ महासंघले भनेको छ, ‘यसको लागि सहजीकरण गर्न पत्रकार महासंघ लगायतका ६ वटा पेशागत सञ्जाल पापड तयार रहेको जानकारी गराउँदछौ।’ 

सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ, जंगी अड्डाबाट होइन भन्ने महासंघको ठहर रहेको छ। 

तर पछिल्लो समय शान्ति सुरक्षा कायम गर्न सेनाले खेलेको भूमिका सराहनीय रहेको पनि महासंघको भनाई छ।

‘जेनजी पुस्ताले उठाएको संरचनात्मक सुधारका मागलाई समेटदै लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्न जरुरी छ’ अध्यक्ष निर्मला शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संयम र संवेदनशील भएर इतिहासको यो कठिन र निर्णायक मोडमा जिम्मेवार बन्न सबै सरोकारवाला पक्षलाई महासंघ हार्दिक अपिल गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad