राजनीति


जेनजीको आन्दोलनमा ज्यान गुमाएकाको शव घरसम्म पठाउन काठमाडौँ महानगरको सहयोग

जेनजीको आन्दोलनमा ज्यान गुमाएकाको शव घरसम्म पठाउन काठमाडौँ महानगरको सहयोग

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १४:९, काठमाडौँ

सोमबार र मंगलबार भएको जेनजीको प्रदर्शनमा ज्यान गुमाएकाहरूको शव उनीहरूकै घरमा लैजानका लागि काठमाडौँ महानगरपालिकाले शववाहक उपलब्ध गराएको छ। 

महानगरले आफ्नो फेसबुबमार्फत आन्दोलनमा ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन, परिवारलाई काठमाडौँसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था र शवलाई घरसम्म पुर्‍याउन महानगरले शववाहनको व्यवस्था मिलाएको जानकारी दिएको हो।  

जेनजीको प्रदर्शनमा अहिलेसम्म ५१ जनाको मृत्यु भइसकेको छ। 

त्यस्तै आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा उपचारपश्चात घर फर्किन यातायात व्यवस्थापनसहित आवश्यक सहजीकरणका लागि महानगरपालिकाले विशेष टिम परिचालन गरेको उल्लेख छ। महानगरले आवश्यक सहयोगका लागि आवश्यक सहयोगका लागि जगदीश अर्याल ९८५४०४५७०२, विज्ञान घिमिरे ९८५११३३९११ र ईश्वर वाग्ले ९८४१२९७८६१ को मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad