राजनीति


जेनजीहरूको नरसंहार गर्नेमाथि कारबाही होस्: नारायणकाजी

उनले दिएका चारबुँदे सुझाव यस्ता छन्
जेनजीहरूको नरसंहार गर्नेमाथि कारबाही होस्: नारायणकाजी

फाइल तस्बिर


नेपालखबर
भदौ २८, २०८२ शनिबार १२:२३, काठमाडौँ

नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई समर्थन गरेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजीहरूमाथि बर्बर दमन गर्नेहरूमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। 

आज चार बुँदामा आफ्ना धारणा सार्वजनिक गर्दै उनले घोषित मितिमै आम निर्वाचन सम्पन्न हुनुपर्नेमा पनि जोड एिका छन्। 

‘भाद्र २३ गते आन्दोलनकारी जेनजीहरूमाथि बर्बर नरसंहारकारी दमन गर्ने र भाद्र २४ गते सिंहदरबार, शीतलनिवास, सर्वोच्च अदालत लगायत राष्ट्रिय महत्वका संरचना तथा व्यवासायिक, निजी संरचना सम्पतिमाथि आक्रमण गरी ध्वंस गर्ने तत्वहरूको छानविन गरी दोशीमाथि कारवाही गर,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, २०४७ साल देखि सरकार, संसद र सार्वजनिक लाभका पदमा रहनेहरूको सम्पति छानविन गरि अनियमित रुपमा आर्जित सम्पति राष्ट्रियकरण गर।’

श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाप्रति सचेत हुन पनि आह्वान गरेका छन्। 

सामाजिक सञ्जालमा उनले लेखेका छन्

निम्न मुद्दा आजको हाम्रो मूल मुद्दा;

एक, घोषित मितिमै आम निर्वाचन सम्पन्न गर,

दुई ,भाद्र २३ गते आन्दोलनकारी जेन जीहरूमाथि बर्बर नरसंहारकारी दमन गर्ने र भाद्र २४ गते सिंहदरबार, सितलनिवास ,सर्वोच्च अदालत लगायत राष्ट्रिय महत्वका संरचना तथा व्यवासायिक ,निजी संरचना- सम्पति माथि आक्रमण गरी ध्वंस गर्ने तत्वहरूको छानविन गरी दोशीहरुमाथि कारवाही गर,

तीन,भ्रष्टाचारीहरू माथि कारवाही गर ,सुशासन कायम गर। २०४७ सालदेखि सरकार, संसद र सार्वजनिक लाभका पदमा रहनेहरूको सम्पति छानविन गर र अनियमित रुपमा आर्जित सम्पति राष्ट्रियकरण गर,

चार, राष्ट्रिय सार्वभौमिकता ,संविधान र लोकतन्त्रको रक्षा प्रति सचेत होऔं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad