राजनीति


दीपक खड्काले मन्त्रीका लागि प्राधिकरणमा खोलेको कार्यकक्ष कुलमानले बन्द गराए

दीपक खड्काले मन्त्रीका लागि प्राधिकरणमा खोलेको कार्यकक्ष कुलमानले बन्द गराए

फाइल फोटो


नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १६:२६, काठमाडौँ

नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा मन्त्रीका लागि खुलेको कार्यकक्ष बन्द गर्न निर्देशन दिएका छन्।

तत्काली ऊर्जामन्त्री दीपक खड्काले गएको २०८१ मंसिर १९ गते विद्युत् प्राधिकरणमै आफ्नो कार्यकक्ष बनाएका थिए।

विद्युत प्राधिकरणको अध्यक्ष मन्त्री हुने व्यवस्था छ। तर, तत्कालीन कार्यकारी निर्देशक (हाल ऊर्जामन्त्री) घिसिङसँग विवाद बढेपछि पहिलो पटक प्राधिकरणमा कार्यकक्ष बनाई आफैँ बस्न थालेका थिए।

नवनियुक्त ऊर्जामन्त्री घिसिङले सो कार्यकक्ष बन्द गर्न प्राधिकरणलाई निर्देशन दिएका हुन्।

प्राधिकरणको नेतृत्व (कुलमान) प्रति सरकारले नकारात्मक प्रतिक्रिया दिइरहँदा मन्त्रीको कार्यकक्षले कुलमानलाई थप दबाब राख्न सो कार्यकक्ष खोलिएको थियो।

डेडिकेटेड र ट्रंकलाइनको विषयमा कुलमान घिसिङ र प्रधानमन्त्री, ऊर्जा मन्त्रीबीच टसल परेको थियो।

हाल कुलमान ऊर्जामन्त्री बनेलगत्तै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad