राजनीति


भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग बन्छः प्रधानमन्त्री कार्की

भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग बन्छः प्रधानमन्त्री कार्की

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १६:५१, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने प्रतिबद्धता जाहेर गरेकी छन्। 

बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको छानबिन गर्न आयोग गठन गर्नेबारे मन्त्रिपरिषद्ले पूर्णता पाएपछि छलफल गरेर निर्णय गरिने स्पष्ट पारेकी छन्।

‘हामीले अनुसन्धान गरेर कारबाही गर्नेसम्म पुर्‍यायौँ भने पनि अर्को सरकारले अरू कामहरू गर्न सक्छ। तर त्यो बाटोचाहिँ हामी बनाउँछौँ। जसले भ्रष्टाचारविरोधी आन्दोलन गरेको छ त्यो जबसम्म अनुसन्धान हुँदैन, कारबाही हुँदैन तबसम्म यो मुलुकले निकास पाउँदैन त्यो हामीलाई लागेको छ। त्यो हामी अनिवार्य गर्नेमा छौँ’ उनले भनिन्।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले उठाएको मागमा भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नुपर्ने रहेका थिए।

यस्तै, उनले सरकारले जेनजी आन्दोलनमा भएको क्षतिको छानबिन गर्न पनि उच्च स्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने बताएकी छन्।

सुरुमा एक महिनाको समयावधिको बनाइने त्यस्तो आयोग तीन सदस्यीय रहने बताइन्।

उक्त आयोगको समयावधि सुरुमा एक महिना हुने र त्यसपछि थप्नु परे अधिकतम ४५ दिनसम्म मात्रै हुने उनले जानकारी दिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad