राजनीति


प्रधानमन्त्रीसँग भेटेर चिनियाँ राजदूतले भने- सरकारलाई आवश्यक सहयोग गर्छौं

प्रधानमन्त्रीसँग भेटेर चिनियाँ राजदूतले भने- सरकारलाई आवश्यक सहयोग गर्छौं

तस्बिरः चिनियाँ दूतावास


नेपालखबर
असोज २, २०८२ बिहिबार १३:५२, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो भएको भेटमा राजदूत सोङले नेपाललाई चीनले सधै सहयोग गर्ने बताएका थिए। 

परराष्ट्र मन्त्रालयका अनुसार असल छिमेकीका नताले चीनले नेपालका जनताको चाहानालाई सम्मान गर्ने भन्दै सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन तत्पर रहेको राजदूतले बताएका थिए। 

‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं,’ राजदूत सोङले भनेका थिए, ‘आगामी दिनमा पनि सहयोग गर्छौं। सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ।’

कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चिनियाँ राजदूतले भेटेको यो पहिलो पटक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad