नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नो पार्टीप्रति युवाहरूको वितृष्णा बढ्दै गएको स्वीकार गरेका छन्।
संविधान दिवसका अवसरमा आज एमालेले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमको प्रशंग उल्लेख गर्दै उनले सामाजिक सञ्जालबाट यस्तो अभिव्यक्ति दिएका हुन्।
‘हाम्रा पार्टी कार्यक्रममा पहिले पहिले बुढापाका भेटिए हतार हतार मञ्चमा लगेर आसनग्रहण गराइन्थ्यो,’ उनले फेसबुकमा लेखेका छन्, ‘अहिले त्यसरी आसन ग्रहण गराउनका लागि पनि युवा भेटिँदैन। जेन-जी पुस्ता त परको कुरा।’
जेनजी आन्दाेलनकाे क्रममा आगजनीबाट ध्वस्त भएकाे केन्द्री कार्यालयमा आज एमालेले कार्यक्रम गरेकाे छ।

4.4k
Shares

प्रतिक्रिया