हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङलाई जेनजी आन्दोलनका घाइतेहरूले जेनजीको नेता हुँ भन्दै नहिँड्न चेतावनी दिएका छन्।
आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका जेनजी आन्दोलनका घाइतेहरूले नेता (लिडर)हुँ भन्दै नहिँड्न भनेका हुन्।
जेनजीका घाइतेहरू आज गृहमन्त्रीलाई भेट्न सिंहदरबार जानेक्रममा सिंहदरबार दक्षिण गेटमा रोकिएका थिए। सिंहदरबार प्रवेश नदिएपछि उनीहरू गेटमै धर्ना बसेका थिए।
नाराबाजी गर्दै धर्ना बसेपछि प्रहरीले गाडीमा राखेर गृहमन्त्रालय पुर्याएको थियो। त्यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै घाइतेहरूले गुरुङ, एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतमाथि आक्रोश पोखेका छन्।
भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि जेनको प्रतिनिधि बनेर गुरुङ छलफल र कार्यक्रममा सहभागी हुँदै आइरहेका छन्। यसलाई लिएर जेनजीहरूले भने उनको विरोध गरिरहेका छन्।
Shares

प्रतिक्रिया