राजनीति


संगीता मिश्र स्वास्थ्य मन्त्री बन्ने

संगीता मिश्र स्वास्थ्य मन्त्री बन्ने

नेपालखबर
असोज ५, २०८२ आइतबार १६:३०, काठमाडौँ

सचिवमा बढुवा नगरिएपछि बिदामा बसिरहेकी स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता कौशल मिश्र सोही मन्त्रालयमा मन्त्री भएर आउने भएकी छन्।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएर मन्त्री बनाउन लागिएको हो।

मिश्र यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन्। उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरिसकेकी छन्।

उनी ३ वर्षदेखि अतिरिक्त सचिव छिन्। मन्त्री बन्ने भएपछि उनले पदबाट राजीनामा दिइसकेको मन्त्रिपरिषद् स्रोतले बताएको छ।

गत वर्षको फागुनमा डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उनी बिदामा बसेकी हुन्।

तत्कालीन सरकारका अधिकारीहरूले भने मिश्रको नागरिकता विवादित भएकाले सचिव नबनाएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad