राजनीति


नवनियुक्त ५ मन्त्रीको शपथ दिउँसो

नवनियुक्त ५ मन्त्रीको शपथ दिउँसो

नेपालखबर
असोज ६, २०८२ सोमबार ८:३३, काठमाडौँ

नवनियुक्त पाँचजना मन्त्रीको शपथ ग्रहण आज (सोमबार) दिउँसो हुने भएको छ। दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नव नियुक्त मन्त्रीहरूलाई शपथ गराउने तयारी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार थप पाँचजना मन्त्री नियुक्तिका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेकी थिइन्।

जसमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र, पत्रकार जगदीश खरेल, वैज्ञानिक महावीर पुन र राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियार छन्। सिन्हा उद्योग, मिश्र स्वास्थ्य, परियार कृषि, खरेल सञ्चार र पुन शिक्षामन्त्रीमा सिफारिस भएका हुन्। 

यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्। 

तर, प्रधानमन्त्री कार्कीले स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी मिश्रको नाममा भने प्रश्न उठेको छ। उनी अंगिकृत नागरिक भएको भन्दै विभिन्न पक्षले उनले छनाेटप्रति आलाेचना गरिरहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad