राजनीति


सभामुख घिमिरे पहिलो पटक शपथ समारोहमा

सभामुख घिमिरे पहिलो पटक शपथ समारोहमा

नेपालखबर
असोज ६, २०८२ सोमबार १५:१४, काठमाडौँ

नवनियुुक्त मन्त्रीहरुको शपथ समारोहमा सभामुख देवराज घिमिरे पनि सहाभागी भएका थिए। सोमबार शीलत निवासमा आयोजित शपथ ग्रहण समारोहमा उनी सहभागी भएका हुन्। 

२३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए भने प्रतिनिधिसभा विघटन भएको थियो। त्यसयता घिमिरे पहिलो पटक सार्वजनिक समारोहमा सभागी भएका हुन्। 

घिमिरे अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र अन्य ३ जना मन्त्रीको शपथ समारोहमा भने सहभागी भएका थिएनन्। 

मुख्य शपथ समारोहमा राज्यका महत्वपूर्ण पदमा रहेका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख राष्ट्रिय सभा अध्यक्षहरुको उपस्थिति हुने गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad