राजनीति


सञ्चारमन्त्री खरेलको पहिलो निर्णय: प्रमुख १० सहरका सार्वजनिक स्थलमा नि:शुल्क वाइफाइ

सञ्चारमन्त्री खरेलको पहिलो निर्णय: प्रमुख १० सहरका सार्वजनिक स्थलमा नि:शुल्क वाइफाइ

नेपालखबर
असोज ६, २०८२ सोमबार १७:५७, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा सहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन्। 

सिंहदरबारस्थित मन्त्रालयमा साेमबार दिउँसाे पदभार ग्रहण गर्दै मन्त्री खरेलले यस्ताे निर्णयमा गरेका हुन्। साेही निर्णयअनुसार काठमाडौं उपत्यका बाहिरका प्रमुख १० वटा सहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइने भएकाे छ।

पदभार ग्रहणका लागि मन्त्रालयमा पुगेका मन्त्री खरेलले शुरुमा कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मानेका थिएनन्। उनले अर्को प्रस्ताव तयार गर्न समेत निर्देशन दिएका हुन्। 

उनले अर्को प्रस्ताव ल्याउन खरेलले ५ मिनेटको समय दिएका थिए। मन्त्रालयकी सचिवले छापाखाना सम्बन्धी प्रस्ताव ल्याएकोमा युवा क्षेत्रलाई समेट्ने गरी कुनै प्रस्ताव ल्याउन मन्त्री खरेलले निर्देशन दिए। त्यसपछि उनीहरूले अर्काे प्रस्ताव बनाएर लिएपछि मात्रै मन्त्री खरेलले हस्ताक्षर गरे।

उनले आन्दाेलनका क्रममा घाइते र मृतका परिवारलाई सम्झदै उनले ६ महिनामा मन्त्रीले त्यति धेरै काम गर्न नसक्ने समेत बताए। त्यस्तै, आगामी फागुन २१ गते हुने निर्वाचन सफलता पूर्वक सम्पन्न गराउनु र भ्रष्टाचारलाई नियन्त्र गरी सुशान कायम गर्नुपर्नेमा उनले जोड दिए। 

तर भ्रष्टाचारलाई नियन्त्र गरी देशमा सुशान कायम गर्न ५ वर्ष लाग्ने मन्त्री खरेलकाे भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad