नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामुहिक रुपमा आफ्ना पार्टीका सांसदहरुसँग पछिल्लो परिस्थितिबारे छलफल सुरु गरेका छन्।
पार्टीका सांसदहरुलाई प्रदेशगत आधारमा समूह बनाई अध्यक्षद्वयले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार छलफल सुरु गरेका हुन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सोमबार सरकारले जारी गरेका दुई अध्यादेश, पार्टी स्थापना दिवस, पार्टीका आगामी कार्यभार र कोरोनाविरुद्ध अभियानबारे सांसदहरुसँग समुहगत छलफल गरिएको हो।
विहान ११ बजेदेखि जारी छलफल सुदुरपश्चिम प्रदेशका सांसदहरुसँगबाट सुरु भएको छ। त्यसपछि वागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधि सभा सांसदहरुलाई दिउँसो १ बजे छलफलका लागि बोलाइएको ललितपुर–१ का सांसद नवराज सिलवालले बताए।
‘छलफलका लागि प्रधानमन्त्री कार्यालय आउनु भनेर बोलाइएको छ, एजेण्डा केहि बताइएको छैन,’ सांसद शर्माले नेपाखबरसँग भनिन्।
सोमबार सरकारले दुई अध्यादेश ल्याएपछि नेकपाभित्र र बाहिर समेत तीव्र विरोध भइरहेका बेला दुई अध्यक्षले सांसदहरुसँग सामूहिक छलफल गरेका हुन्।
नेकपा स्थापना दिवसको अवसर पारेर उक्त छलफल गरिएको छ।
Shares
प्रतिक्रिया