राजनीति


प्रचण्ड विशेष महाधिवशेनमा उम्मेदवार बन्नुहुन्न, प्रतिस्पर्धा गर्नुहुन्नः वर्षमान

प्रचण्ड विशेष महाधिवशेनमा उम्मेदवार बन्नुहुन्न, प्रतिस्पर्धा गर्नुहुन्नः वर्षमान

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १८:५५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले विशेष महाधिवेशन आयोजक समिति संयोजक पुुष्पकमल दाहाल प्रचण्ड महाधिवेशनमा उम्मेदवार नबन्ने दाबी गरेका छन्। 

शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले यस्तो बताएका हुन्। 

उनले अध्यक्ष दाहाल आगामी महाधिवेशनको उम्मेदवार पनि नहुने र प्रतिष्पर्धा नै नगर्ने दाबी गरे।

शुक्रबारदेखि चलेको माओवादी केन्द्रीय कमिटी बैठक महाधिवेशन आयोजक समिति गठन गर्दै आज सम्पन्न भएको हो। 

महाधिवेशन आयोजक समितिका सदस्य रहेका पुनले देशको स्वाधिनता गम्भीर अवस्थामा रहेको बताए। उनले देश रहे र लोकतन्त्र रहे मात्रै प्रतिष्पर्धा गर्न सकिने भन्दै सबै राजनीतिक दलहरुले रुपान्तरणबारे सोच्नुपर्ने बताए।

अहिलेसम्मका आन्दोलनको उपलब्धिको रक्षा, देशको स्वाभिमान र स्वाधिनता बचाउन जरुरी रहेको बताए।

आजबाट आफूहरू पदाधिकारी नभइ महाधिवेशन आयोजक समितिको सदस्य भएको बताए। जेन जी आन्दोलनको मुल उद्देश्यलाई आत्मसाथ गरेर आफूहरुले यो निर्णय लिएको उनको दाबी छ। 

उनले भने, ‘हामी सबै महाधिवेशन आयोजक समितिको सदस्य भएका छौँ। पार्टीले जेन जी आन्दोलनको मुल स्पिरिट, पार्टीलाई लोकतान्त्रिकरण, शुद्धीकरण अझ नयाँ बनाउनुपर्छ। र जेन जी युवासहितको पार्टी बनाउनुपर्छ भन्ने स्पिरिटलाई सबैभन्दा पहिला अघि बढेर आत्मसाथ गरेको छ। यो जेन जी आन्दोलनका शहीदहरुप्रतिको सम्मान हो।’
न्युज एजेन्सी नेपालबाट

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad