राजनीति


गंगा श्रेष्ठ भन्छन्ः नारायणकाजी र जनार्दनको प्रस्तावले नेतृत्व होइन, नायक जन्मिन्छ

गंगा श्रेष्ठ भन्छन्ः नारायणकाजी र जनार्दनको प्रस्तावले नेतृत्व होइन, नायक जन्मिन्छ

नेपालखबर
असोज १०, २०८२ शुक्रबार २०:५३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का नेता गंगा श्रेष्ठले नेताहरू नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माको प्रस्तावले नेतृत्व नभई नायकको कल्पना गरेको बताएका छन्। 

माओवादी केन्द्रीय समितिको बैठकमा धारणा राख्दै श्रेष्ठले नेतृत्व वर्गसंघर्ष र अन्तर्संघर्षले पैदा गर्ने बताएका हुन्।

‘नेतृत्व भनेको वर्गसंघर्ष र अन्तर्संघर्षले पैदा गर्ने अथोरिटी रहेछ। युद्धले निर्माण गरेको अथोरिटी अनि विधि, विधानमार्फत प्राप्त हुने अथोरिटीमा फरक हुने रहेछ। मुख्य नेतृत्वको बारेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव कमरेडले जसरी प्रश्न उठाउनु भएको छ, त्यसले नेतृत्व निर्माणबारे गम्भीर बहसको माग गरेको छ’ उनले भने, ‘मेरो विचारमा उहाँहरूले नेतृत्व निर्माणबारे जुन दृष्टिकोण अघि सार्नुभएको छ, त्यसले नेतृत्व होइन, नायक निर्माण हुन्छ। त्यसैले पार्टीभित्र नायक होइन, नेतृत्व निर्माण गर्न मिहिनेत गरौँ।’ 

शुक्रबारदेखि सुरु भएको माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पुरक प्रतिवेदन र उपमहासचिव जनार्दन शर्माले फरक मत प्रस्तुत गरेका थिए। 

बैठकले प्रचण्डको प्रस्तावलाई पारित गर्दै महाधिवेशन आयोजक समिति गठन गरेको छ। 

नेता गंगा श्रेष्ठले प्रचण्डको प्रतिवेदन जेनजी विद्रोहको स्पिरिट अनुसार भएको बताए। उनले आफू रुपान्तरण हुने प्रतिबद्धता समेत व्यक्त गरे।

श्रेष्ठ १० वर्षअघि बाबुराम भट्टराईसँगै माओवादीबाट अलग भएका थिए। उनी हालै फर्केका हुन्।

उनले पार्टीभित्र र देशमा देखापरेको संकटको एउटा मूल कारण माओवादी पार्टीको टुटफुट र विखण्डन भएको औँल्याए। 

माओवादी पार्टीलाई एकताबद्ध बनाइरहन सकेको भए सायद देशमा आजको यस्तो अवस्था आउँदैनथियो होला भने।

उनले माओवादीका पूर्वनेताहरू किरण, बाबुराम र विप्लवलगायतलाई एकता प्रक्रियामा आउन अपील पनि गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad