राजनीति


सरकारले भन्यो: निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ, विरोधका कार्यक्रम हिंसात्मक नहोस्

सरकारले भन्यो: निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ, विरोधका कार्यक्रम हिंसात्मक नहोस्

नेपालखबर
असोज ११, २०८२ शनिबार १२:३५, काठमाडौँ

गृह मन्त्रालयले सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम हिंसा नहुने गरी शान्तिपूर्ण ढंगले गर्न सुझाव दिएको छ। 

मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गरी निर्वाचनकाे प्रारम्भिक कार्य सुरु भइसकेको अवस्थामा अर्को पक्षलाई असर नपर्ने खालका कार्यक्रम गर्न आग्रह गरेको हो। 

‘नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी २०८२ भदौ २३ र २४ गते जेनजी (जेन-जेड) युवाहरूको अगुवाइमा भएको आन्दोलनपश्चात् नयाँ सरकार गठन भई आम निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ। यस अवस्थामा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा अहिंसात्मक हुने गरी शान्तिपूर्ण ढंगबाट अन्य पक्षलाई असर नपर्ने एवं उक्साहट नहुने गरी गर्नु भई समाजमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गरिन्छ’, सूचना भनिएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण कांग्रेस-एमाले गठबन्धनको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्दै प्रतिनिधि सभा भंग गरिएको छ। नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते राति नै संसद् विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेका हुन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad