राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्न भन्दै जेनजीहरुले वार्ता टोली गठन गरेका छन्।
समितिमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, किशोरी कार्की, टीकाराम लिम्बू, योग्यता भण्डारी, कासिबमोहम्मद मिया, जेम्स कार्की, अर्पित कुँवर, दीपकजंग अधिकारी, अभिषेक श्रेष्ठन छन्।
अन्य ३ जना भने घाइते र सहिद परिवारका सदस्य रहने बताइएको छ।
वार्ता टोलीका सदस्य दाहालले अहिले जेनजीहरु एकजुट भइसकेको बताए। ‘हामी जेनजी एक छौँ एक हुनेछौँ,’ वार्ता टोलीको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले पुरुषोत्तम यादव, सुदन गुरुङसँग पनि कुरा गर्यौँ। सुदन गुरुङले तपाईँहरुले गर्नु भनेपछि हामी अघि बढिसकेका छौँ।’
1.4k
Shares

प्रतिक्रिया