राजनीति


जेनजीको मागअनुसार मुख्य नेताहरूलाई जति सकिन्छ, छिटो बिदा दिनुपर्छ : घनश्याम भुसाल

जेनजीको मागअनुसार मुख्य नेताहरूलाई जति सकिन्छ, छिटो बिदा दिनुपर्छ : घनश्याम भुसाल

नेपालखबर
असोज १३, २०८२ सोमबार १४:४९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जेनजीको एउटा मुख्य मागअनुसार अहिलेका मुख्य नेताहरूलाई जतिसक्दो चाँडो बिदा गर्नुपर्ने बताएका छन्।

सोमबार वक्तव्य जारी गर्दै उनले अहिलेका मुख्य नेताहरूलाई छिटो बिदा गरेर पार्टीहरू पुनगर्ठन गर्नुपर्ने धारणा राखेका हुन्। 

‘२३ गते जेनजीले समेत उठाएको एउटा मुख्य माग अहिलेको मुख्य नेताहरूलाई जति सकिन्छ छिटो बिदा दिनु पर्छ, त्यसले दलहरूभित्र र समाजमा उत्पन्न गर्ने नयाँ आशा र विश्वासका साथ पार्टीहरूको पुनर्गठनलाई तीव्र पार्नु पर्छ’, वक्तव्यमा भुसालले भनेका छन्, ‘संविधान जारी भएपछि आजसम्मको राजनीतिक अभ्यासको श्वेतपत्र जारी गर्नुपर्छ।’

तर शीर्ष नेताहरूले पद नछाड्न अनेक बहानाबाजी गर्ने उल्लेख गर्दै भुसालले मुलुकको यो दुर्दशाको मुख्य जिम्मेवार मुख्य नेताहरू नै भएको आरोप लगाएका छन्। 

‘अहिले पनि मुख्य राजनीतिक पार्टीहरूमा संस्थागत सुधारको परिणाममुखी पहलकदमी देखिएको छैन। मुलुक यस दुर्दशामा पुग्नका लागि अनेक कारण छन्। ती देशभित्र र बाहिर पनि छन्’, उनले भनेका छन्, ‘तर मरणोपरान्त सत्ताभोगका लागि राजनीतिक दललाई कब्जा गरेर बसेका मुख्य नेताहरू नै यसका मुख्य जिम्मेवार हुन्। कुनै पनि बहानामा यस तथयलाई अस्वीकार गरियो भने मुलकलाई अस्थिरताको अर्को चक्रबाट बचाउन सकिँदैन।’

यस्तै भुसालले सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाएर स्रोत नखुलेका सम्पत्तिलाई राष्ट्रियकरण गर्न पनि माग गरेका छन्। 

हेर्नुहोस् वक्तव्य-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad