राजनीति


‘राजसंस्थावादी जेनजी’को नाममा विज्ञप्ति : १५ बुँदे माग पूरा नभए अन्तिम संघर्षमा उत्रिने चेतावनी

‘राजसंस्थावादी जेनजी’को नाममा विज्ञप्ति : १५ बुँदे माग पूरा नभए अन्तिम संघर्षमा उत्रिने चेतावनी

नेपालखबर
असोज २२, २०८२ बुधबार १३:३३, काठमाडौँ

जेनजीका नाममा विभिन्न समूह देखापरिरहेका बेला अर्को एउटा समूह देखापरेको छ- ‘राजसंस्थावादी जेनजी’।

जसले विज्ञप्ति जारी गरी संवैधानिक राजसंस्थासहित १५ बुँदे माग प्रस्तुत गरेको छ र पूरा नभए ‘अन्तिम संघर्षमा होमिने’ चेतावनी दिएको छ। 

तर विज्ञप्तिमा व्यक्ति कसैको नाम छैन। थप जानकारीका लागि सम्पर्क भन्दै @rajsansthabadi.com लेखिएको छ।

यस्तो छ पूरा विज्ञप्ति-

राजसंस्थावादी जेनजीका मागहरू
 

उद्देश्य र प्रसंग
हामी नेपाली गौरवशाली र सम्मानित राष्ट्रका रूपमा स्थापित हुने क्रममा धेरै संघर्ष र अत्याचारहरूबाट गुज्रिएका छौँ। हामी सार्वभौम राष्ट्रका रूपमा अझ सबल, दृढ र उत्कृष्ट भएका छौँ। हालका दिनहरूमा हाम्रो देशले ठूला संकट र चुनौतीहरू सामना गरिरहेको छ। गत भाद्र २३ र २४ (सेप्टेम्बर ८ र ९) को विरोध प्रदर्शनका क्रममा सहादत प्राप्त गर्नु हुने अमर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छौं। यो दु:खद घटनाले राष्ट्रवासीहरूमा गहिरो चोट पुर्‍याएको छ र त्यसपछिका घटनाहरूले हिंसा र अराजकताका खतरा कति भयावह हुन सक्छ भन्ने कुराको स्मरण गराएका छन्।

नयाँ बनेको सरकारले जसरी विदेशी शक्तिहरूको स्वार्थमा काम गरिरहेको छ, सो प्रतिनिधित्व गर्नेहरूका लागि शर्मनाक कुरा हो। विदेशी हस्तक्षेप र गृह अशान्तिको खतराले अहिले हाम्रो देशलाई समग्र रूपमा युवादेखि वृद्धसम्म जकडिरहेको छ। हामी देशभक्त राष्ट्रवादी तथा लोकतान्त्रिक राजसंस्थावादी जेनजीहरू ती शक्तिहरूविरुद्ध नेपालको आवाजको प्रतिनिधित्व गर्दैछौँ। हालका लागि हामीले नयाँ ऐतिहासिक शिराबाट सर्वपक्षीय सहमति जुटाउने उद्देश्यले निम्नानुसारका १५ बुँदे आधारहरू प्रस्ताव गरेका छौँ। सबै पक्षहरूमा यी मागहरूमा केन्द्रित रही शान्तिपूर्ण माध्यमबाट सबै शक्तिहरू एक ठाउँमा रही राष्ट्रोत्थानका लागि पहल हुन आह्वान गर्दछ। नत्र यिनै मागहरू पूरा गर्नका लागि हामी अन्तिम संघर्षमा होमिन तयार हुने जानकारीसमेत गराउँछौँ।

मुख्य छलफलका बुँदाहरू :
१. संवैधानिक राजसंस्था कायम गर्ने

२. र्‍यांक बेस्ड निर्वाचन प्रणाली लागू गरी जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने र कम्तीमा ५१ जनमत प्राप्त उम्मेदवारबाट मात्र सरकार गठन हुने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली लागू गर्ने, सांसदहरूले  सरकार बनाउन वा ढाल्न नपाउने व्यवस्था गर्ने

३. करार पूरा नगर्ने सांसदलाई फिर्ता बोलाउने (राइट टु रिकल) र खराब उम्मेदवार अस्वीकार गर्ने (राइट टु रिजेक्ट/एनओटीए) व्यवस्था लागू गर्ने

४ सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्था लागु गर्ने

५. असमान सन्धि, सम्झौता र राष्ट्रघाती कानूनहरू खारेज गर्ने

६. प्रदेश सरकारको सरचना विघटन गरी शक्तिहरू स्थानीय सरकारमा केन्द्रित गर्ने

७ सबैलाई धार्मिक स्वतन्त्रता र संरक्षण प्रदान गर्दै नेपाललाई हिन्दु, बौद्ध र किराँत धर्मराज्य घोषणा गर्ने

८. सबै तहमा कम्तीमा ५० प्रतिशत महिला जनप्रतिनिधिको सहभागिता सुनिश्चित गर्ने

९. निःशुल्क शिक्षा र बिमामा आधारित स्वास्थ्य नीति लागू गर्ने

१०. विदेशमा रहेका नेपालीसहित सबै नागरिकका लागि अनिवार्य मतदानको व्यवस्था लागु गर्ने

११. १८ देखि २४ वर्ष उमेरका नागरिकका लागि न्यायसंगत पारिश्रमिक, सिप विकास र राष्ट्र निर्माणमा योगदानको अवसरसहितको अनिवार्य राष्ट्रिय सेवा लागु गर्ने

१२. स्रोत नखुलेको तथा अकुत सम्पति राष्ट्रियकरण गर्ने,

१३. कर्मचारी, आयुक्त र निर्वाचित जनप्रतिनिधिहरूबीचको असमान तलब, भत्ता र पेन्सन प्रणाली अन्त्य गर्ने

१४. सरकारी सेवा र सुविधा प्रदान गर्ने निकायहरूलाई आधुनिकीकरण गरी दक्ष र पारदर्शी सेवा सुनिश्चित गर्ने

१५. एक व्यक्ति एक व्यावसायिक क्षेत्र नीतिको कार्यान्वयन गर्ने।

थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
[email protected]

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad