राजनीति


मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

नेपालखबर
असोज २२, २०८२ बुधबार २१:३५, जनकपुर

मधेस प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई प्रस्तावित गरिएको छ। प्रदेश प्रमुख कार्यालयमा नयाँ सरकार गठनका लागि तीन दलले आज संयुक्त रूपमा दाबी पेस गरेका हुन्।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीले कांग्रेस संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा दाबी प्रस्तुत गरेका हुन्।

आज अपराह्न तीनै दलका नेताहरूले प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि औपचारिक दाबी पत्र बुझाएको हो।

दाबी पत्रअनुसार मुख्यमन्त्रीमा प्रस्तावित यादवलाई एमालेका २३, नेपाली कांग्रेसका २२ र जनमत पार्टीका १३ गरी कुल ५८ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ। एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सदस्यको बहुमत आवश्यक पर्छ। गठबन्धनसँग स्पष्ट बहुमत रहेको दाबी पत्रमा उल्लेख छ।

प्रदेश प्रमुख कार्यालयमा बुझाइएको पत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, कांग्रेस संसदीय दलका नेता यादव र जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad