राजनीति


शिक्षामन्त्री पुनका ५ निर्णय: क्यान्सर उपचारमा प्रयोग हुने रेडियोधर्मी औषधि नेपालमै उत्पादन गर्ने

शिक्षामन्त्री पुनका ५ निर्णय: क्यान्सर उपचारमा प्रयोग हुने रेडियोधर्मी औषधि नेपालमै उत्पादन गर्ने

नेपालखबर
असोज २४, २०८२ शुक्रबार ९:२२, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले क्यान्सर अस्पतालहरूमा उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधि उत्पादन नेपालमै गर्न आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने निर्णय गरेका छन्। 

शिक्षामन्त्री पुनले बिहीबार गरेको निर्णयमा भनिएको छ, ‘नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरूको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी (रेडियो आइसोटप्स) औषधिहरूको उत्पादन नेपालमै गर्नको लागि आणविक अनुसन्धान केन्द्र (औषधि उपचारको लागि मात्र) तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने।’

साथै उनले सीटीईभीटीको पुनर्संरचना गर्न तुरुन्त कार्यदल बनाउनेलगायत अन्य ४ महत्त्वपूर्ण निर्णय पनि गरेका छन्।

मन्त्री पुनले शुक्रबार बिहान दिएको जानकारीअनुसार बिहीबार गरेका छलफल, निर्णय तथा निर्देशन यस्ता छन्:

१) नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरूको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी (Radio Isotopes) औषधिहरूको उत्पादन नेपालमै गर्नको लागि आणविक अनुसन्धान केन्द्र (औषधि उपचारको लागि मात्र) तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने।

२) सीटीईभीटीको पुनर्संरचना गरेर त्यहाँबाट सक्षम जनशक्ति उत्पादन गर्न सक्ने बनाउनको लागि कार्यदल तुरुन्त बनाउने।

३) नास्टमा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन गर्ने कामलाई उपलब्धिमूलक बनाउन, प्रतिभाशाली नेपालीहरूलाई तान्न र संस्थालाई प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन आवश्यक सुधार र पुनर्संचना गर्न कार्यदत तुरुन्त बनाउने।

४) त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेस गरेको प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने।

५) संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगको पदाधिकारीहरूको रिक्त स्थानमा नियमानुसार तुरुन्त नियुक्ति गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad