सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) कालीदास धौवजी अवकास भएका छन्। सशस्त्र प्रहरीको केन्द्रीय प्रवक्ता समेत रहेका धौवजी ३० वर्षे सेवा अवधिका कारण शुक्रबार बिदा भएका हुन्।
नेपाल प्रहरीको प्राविधिक सईबाट सशस्त्र प्रहरीमा प्रवेश गरेसँगै धौवजी एक तह बढुवा भएर इन्सपेक्टर बनेका थिए।
सशस्त्र प्रहरीमा डीआईजीको चार वर्षे पदावधी असारमा सकिएपछि सरकारले पदावधि थपको निर्णय गरेको थियो। कोसी प्रदेशको बराह बाहिनीका बाहिनीपति कुमार न्यौपाने र धौवजीको पदावधि एक वर्ष थप गर्ने निर्णय भएको थियो।
सशस्त्र प्रहरीमा संगठनले आवश्यक ठानेमा डीआईजीको चार वर्षे पदावधि पूरा भएपछि एक वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार उनीहरुको पदावधि थप गरिएको थियो। तर धौवजी भने ३० वर्षे सेवा अवधिका कारण थप गरिएको पदावधिभर काम नगरी अवकास भएका हुन्।
धौवजीलाई शुक्रबार नै गृहसचिव रामेश्वर दंगाल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायतले हलचोकमा बिदाई गरेका छन्।
Shares

प्रतिक्रिया