राजनीति


मेरो सिफारिस विपरीत संविधान बाहिरबाट सरकार गठन गरिएको छ : ओली

मेरो सिफारिस विपरीत संविधान बाहिरबाट सरकार गठन गरिएको छ : ओली

नेपालखबर
असोज २९, २०८२ बुधबार १४:४९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असहज परिस्थितिका बीच आफूले संसद् भित्रैबाट सरकार बनाउन सिफारिस गरेको भए पनि त्यस विपरीत सरकार गठन भएको दाबी गरेका छन्। 

बुधबार ललितपुरमा सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले मुख्य मुख्य दलहरुको सुझावलाई समेत सरकार बनाउँदा अस्वीकार गरिएको उल्लेख गरेका छन्। 

‘असामान्य परिस्थितिका बिचमा थप क्षति हुन नदिन प्रधानमन्त्रीले राजिनामा दिइसकेपछिको अन्योलपूर्ण अवस्थालाई निकास दिन हामीले संविधानसम्मत विकल्पहरू प्रस्तुत गरेका थियौं,’ प्रतिवेदनमा भनिएको छ, ‘असहज परिस्थितिका बिचमा गैरसांसद व्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्ने भएमा पनि त्यसलाई संसद को मार्फत् संविधान संशोधन गरेर संवैधानिक प्रक्रिया मार्फत् अगाडि बढाउने, त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधित्व गर्ने मुख्य राजनीतिक दलहरूबीच सहमति निर्माण गर्ने र कुनै पनि अर्थमा प्रतिनिधिसभा विघटन गर्न नहुने हाम्रो स्पष्ट र दृढ अडान थियो।’ 

ओलीले प्रतिवेदनमा अगाडि भनेका छन्, ‘सोही अनुरूप संविधानसम्मत् निकासका लागि काम चलाउ सरकारको प्रधानमन्त्रीको हैसियतले मैले सिफारिस गरेका थिएँ। तर त्यो सुझाव विपरीत संविधान बाहिरबाट सरकार गठन गरिएको छ। तसर्थ यो सरकार असंवैधानिक छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad