राजनीति


‘यस्तै हो भने केपी ओली फेरि सरकारमा फर्किने अवस्था आउँछ’

‘यस्तै हो भने केपी ओली फेरि सरकारमा फर्किने अवस्था आउँछ’

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १५:४४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारप्रति तीब्र रोष प्रकट गरेका छन्। 

सरकारले उपत्यका छोड्न प्रतिबन्ध लगाएकोप्रति आक्रोश व्यक्त गर्दै उनले यस्तै अवस्था हो भने जनताले फेरि आफूलाई सरकारमा पुर्याउने दाबी गरेका छन्। 

आइतबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै ओलीले भने, ‘म माथि थ्रेट छ, मेरै सेक्युरिटी सरकारले फिर्ता लगिदिएको छ। वडाध्यक्षलाई सेक्युरिटी बढाउँछ, मेयरलाई बढाउँछ मेरै सेक्युरिटी खोस्छ यो सरकार।’

उनले थपे ‘यस्तै हुँदै गयो भने केपी ओली सरकामा फेरि फर्कने अवस्था बन्छ। यो युवाबाट चल्दैन। केपी ओली फिर्ता ल्याऊ।’

सरकारले आफूलाई पीडितसँग भेट्न जान नदिएकोप्रति ओलीको आक्रोश थियो। 

‘जसको घरमा आगो लाग्यो, म त्यहाँ सान्वना दिन जान नपाने?’ उनले प्रश्न गरे, ‘देशभित्र हिँडडुल गर्न जान नपाउने? कस्तो सरकार बन्या छ?’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad