नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्।
बुधबारबाट काठमाडौँमा शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले भने सरकार टिक्छ भन्नेकुरामा प्रश्न उठाएको टिप्पणी गरे।
‘अब चुनावमा जाने बाहेक विकल्प छैन, चुनाव सम्भव होला, चुनाव गराउन यो सरकारले सक्ला? प्रश्न गम्भिर रुपमा उठेको छ,’ नेपालले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा पनि चुनौतिको सामना पनि गर्छु भनिरहनुभएको छ। तर दिक्दारी पनि बेलावखतमा पोख्ने गर्नुभएको छ। यही सरकार रहिरहन्छ कि के हुन्छ? भन्ने प्रश्न पनि उठेका छन्।’
यी सबै अवस्थामा आफूहरुको ध्यान देशको सार्वभौमसत्ताको रक्षा गर्ने, विदेशीहरुको खेलमैदानबाट देशलाई जोगाउने कसरी र संविधान र गणतन्त्रको रक्षा गर्नेमा केन्द्रित हुने उनको भनाइ छ।
‘त्यसकारण यो पवित्र उद्देश्यका साथ सरकार अघि बढछ भने हाम्रो पूरा सहयोग रहनेछ,’ नेपालले भने, ‘यस अर्थमा हामीले चुनावको तयारीमा जुट्नुपर्ने हुन्छ। चुनावको तयारीमा जुट्ने, चुनावमा राम्रो परिणाम ल्याउने। त्यो आत्मविश्वासका साथ अघि बढ्नुपर्छ।’
Shares

प्रतिक्रिया