राजनीति


रास्वपाको ‘बृहत् राजनीतिक संवाद’ सुरु

रास्वपाको ‘बृहत् राजनीतिक संवाद’ सुरु

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १४:१७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पक्षधर राजनीतिक दल, शक्ति र समूहहरूबीच संवादको थालनी गरेको हो। 

शुक्रबार बालुवाटारस्थित नेपाल हाउसमा ‘जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ शीषर्कमा बृहत् राजनीतिक संवाद सुरु भएको हो। 

उपसभापति एवं उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेले पार्टी सचिवालयमा परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरूबीच संवाद गर्ने प्रस्ताव गरेका थिए।

सचिवालय बैठकले त्यसलाई अनुमोदन गर्दै संवाद थाल्ने निर्णय गरेको थियो।

संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरी लगायत उपस्थित छन्। 

अहिले नयाँ राजनीतिक अभ्यास र अबको आवश्यकताबारे भट्टराईले आफ्नो धारणा राखिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad