नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने भएको छ।
देशभरबाट करिब दुई हजार एक सय जना प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ४० वर्षमुनिका युवा पनि प्रतिनिधिका रुपमा सहभागी हुने भएका हुन्।
एमाले केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चार जना प्रतिनिधि चयन हुनेमा एक जना अनिवार्य भनिएको छ। जसमा दुई जना खुला, एक जना महिला र एक जना ४० वर्षमुनिका युवा गरेर चार जना प्रतिनिधि छनोट हुनेछन्।
एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजार २०० पार्टी सदस्य बराबर चार जना महाधिवेशन प्रतिनिधि सहभागी हुन पाउने एमालेले निर्णय गरेको छ। उनले मापदण्डअनुसार १६५ निर्वाचन क्षेत्रबाट एक–एक जनाका दरले, अनेरास्ववियु र युवासङ्घ नेपालबाट पाँच–पाँच जनाका दरले ४० वर्षमुनिका प्रतिनिधि सहभागी हुने सुनिश्चित गरिएको बताए।
एमालेले महाधिवेशनका लागि प्रनिनिधि चयन मङ्सिर १३ गते एकैदिन देशैभरि गर्ने निर्णय गरेको छ। एमाले महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ। रासस
Shares

प्रतिक्रिया