सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिन लागेको भन्ने समाचार सत्य नभएको बताएका छन्।
तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आफू जेनजी आन्दोलनले दिएको जनादेश पूरा गर्न निरन्तर क्रियाशील रहेको उनले उल्लेख गरेका छन्।
‘विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रस्ट पार्न चाहन्छु’, कुलमानले सोमबार साँझ सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जेनजी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ। तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु।’
Shares

प्रतिक्रिया