राजनीति


कांग्रेस बैठकमा विनोद चौधरीको प्रश्न- दललाई जनताले रिजेक्ट गरिरहेका छन्, हामी टिकट कसले बाँड्ने भनेर लड्ने?

कांग्रेस बैठकमा विनोद चौधरीको प्रश्न- दललाई जनताले रिजेक्ट गरिरहेका छन्, हामी टिकट कसले बाँड्ने भनेर लड्ने?

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १८:१९, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आगामी चुनावमा कसले टिकट बाँड्ने भनेर अहिले पार्टीमा लडाइँ भइरहेको भन्दै आपत्ति जनाएका छन्। केन्द्रीय समितिको बिहीबारको बैठकमा अवस्थामा पनि पार्टीमा टिकट वितरणको विषयलाई लिएर लडाइँ भएको भन्दै उनले आपत्ति जनाएका हुन्।  

'मैले हाम्रा नेताहरुका विचारहरू नजिकबाट सुनिरहेको छु। यो टिकट कसले र कस्लाई बाँड्ने भन्ने प्रश्नको लडाइँ होइन। आउने दिनमा टिकट कस्तालाई दिने हो भन्ने कुराको लडाइँ हो। पार्टीलाई जित्ने कसरी बनाउने हो भोलिका दिनमा?,' उनले भने, 'मलाई लाग्छ- यो केन्द्रीय समितिको सबैभन्दा ठूलो चिन्ता र सम्वादको विषय यो हुनुपर्थ्यो। आज हामी कोसँग चुनाव लड्न गइरहेका छौँ? हामी यस्तो मानसिकतासँग चुनाव लड्न गइरहेका छौँ जसले तीनवटै दललाई रिजेक्ट गरिरहेका छन्।'

चौधरीले कांग्रेस रुपान्तरित पार्टीको रुपमा हेर्न चाहना भएको पनि बताए। 'नेपाली कांग्रेसलाई अब आउने दिनमा यस्तो किसिमको रुपान्तरित पार्टीको हेर्न चाहान्छुँ, जसले सम्पूर्ण रुपमा यस्ता मानसिकतालाई चिर्न सकोस्। नेपाली कांग्रेस अब अर्कै ढंगबाट जाग्यो भन्ने महशुस गराउन सक्नुपर्छ,' उनले भने, 'यसले देशलाई कन्ट्रिव्युसन गर्न सक्ने आम मानिसका लागि सम्पूर्ण रुपमा ढोकाहरु खोल्यो भन्ने देखाउनुपर्छ। १० बर्षसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ। विभिन्न क्षेत्रबाट आएका, सरकारी जागिरबाट आएका, उद्यम व्यवसाय गरेका मानिसहरुले धमाधम पार्टी दर्ता गर्दैछन्। आम नागरिकको सोंच कहाँ पुगिसक्यो तर हाम्रो सोंच कता अल्झिरहेको छ? के हामी यि सबै बदलिदो परिस्थितीलाई समेट्न तयार छौँ? हामी जेनजीलाई समेट्न तयार छौँ? के हामी जेनजीको भावनालाई सम्बोधन गर्न तयार छौँ? तर मैले यहाँ फेरी पनि उहि पुरानै मानसिकता मात्रै देखिरहेको छुँ।'

यस्तो छ चौधरीको धारणा 
हाम्रो पार्टी ल्याटरल इन्ट्रिको पक्षमा साह्रै नै कमजोर छ। नन पोलिटिकल ल्पेयर, प्रोफेसनल ल्पेयर्सहरुलाई भित्रयाउने कुरामा साह्रै नै कमजोर छ। म पनि यस पार्टीको केन्द्रीय सदस्य हुँ र निर्वाचित सांसद पनि रहेँ। यसअर्थमा म मेरो भागको जिम्मेवारी लिन तयार नै छु। पटक पटक राज्यव्यवस्थाको नेतृत्व गरेको वा भनौँ सरकारमा बसेको हैसियतले आज युवाहरूमा जुन प्रकारको निराशा छाएको छ त्यसलाई हामीले महशुस गर्न सकेनौँ। विदेशमा रहेका नेपाली युवाहरु आज देशतिर फर्केर हेर्न पनि नचाहने अवस्थामा छन्। देश बाहिर बसेका युवा मात्रै होइन, नेपालमा रहेका ति युवाका परिवार पनि हामीसँग अत्यन्तै असन्तुष्ट छन्। प्रत्येक नेपालीहरुका घरमा यि कुराहरु कुनै न कुनै रुपमा प्रतिबिम्वित भइरहेको छ। आज विदेशमा रहेका युवाहरूको टेलिफोनको भरमा यहाँ भोट खस्छ, हामीले भाषण गरेको आधारमा होइन भन्ने हामीले बुझ्नुपर्छ। कतिपय पार्टीहरु त यसकै आधारमा स्थापित भइरहेका छन्। अब आउने दिनमा नेपाली काँग्रेसको प्रतिस्पर्धा कोसँग हो ? हाम्रो प्रतिस्पर्धा भनेको त्यो निराश मानसिकतालाई आशाको किरण दिने, होप दिने नयाँ जोश जागर बोकेको त्यो जेनेरेशनसँग हो। जेन्जीको आन्दोलनको नाममा भदौ २४ गते देशभर जुन आतंक फैलाइयो म तिनीहरुको कुरा गरिरहेको छैन। म पनि उनीहरुबाट पिडित छु। त्यो आतंकलाई मैले प्रत्यक्ष रुपमा देखेँको छु र भोगेको छु। अहिले अनुसन्धानबाट पनि धेरै कुरा बाहिर आइरहेका छन्। यसमा केही पार्टीहरुको पनि प्रवेश भएको देखिएको छ। गुण्डागर्दीमा संलग्नहरुको पनि संलग्नता देखिएको छ। छरछिमेकीहरु जे अरुको प्रगती देख्न सक्दैनन्, उनीहरु पनि यस्तो गतिविधिमा देखिएका छन्। राज्यव्यवस्थाबाट वाक्कदिक्क भएकाहरु पनि देखिएका छन्। 

मैले हाम्रा नेताहरुका विचारहरु नजिकबाट सुनिरहेको छु। यो टिकट कसले र कस्लाई बाँड्ने भन्ने प्रश्नको लडाई होइन। आउँने दिनहरुमा टिकट कस्तालाई दिने हो भन्ने कुराको लडार्इँ हो। पार्टीलाई जित्ने कसरी बनाउने हो भोलीका दिनमा ? मलाई लाग्छ, यो केन्द्रीय समितिको सबैभन्दा ठूलो चिन्ता र सम्वादको बिषय यो हुनुपथ्र्यो। आज हामी कोसँग चुनाव लड्न गइरहेका छौँ ? हामी यस्तो मानसिकतासँग चुनाव लड्न गइरहेका छौँ जसले तीनवटै दललाई रिजेक्ट गरिरहेका छन्। यि दलभित्र राम्रा मानिस पनि होलान्, नराम्रा मानिस पनि होलान्। एकसेएक त्याग गरेका तपस्वी पनि होलान्, सबैभन्दा भ्रष्टाचारी पनि होलान्। सोसल मिडियाबाट होस्, विगत ३५ बर्षमा बनेका ३५ वटा सरकारका कारणले होस्, यस्तो भाष्य बनाइएको छ कि पुराना पार्टीबाट देशको कल्याण छैन र हाम्रो पुस्ताको कल्याण पनि छैन। विदेशमा रहेका युवाहरु यहि कारण देश फर्केर नगए पनि हुन्छ भन्ने मानसिकता सोसल मिडियाबाट व्यक्त गरिरहेका छन्। आजको सबैभन्दा महत्वपूर्ण बिषय यहि होइन र ? यसका लागि हाम्रो पार्टीको भोलीको रणनीति के हुने ? ल्याटरल इन्ट्रीमा अन्य दलहरूले आशालाग्दा अनुहारहरु भित्रयाईरहेका छन्। आफ्नो जीवनमा ट्रयाक रेकर्ड कायम गरेका, आफ्नो प्रोफेसनमा सफल, उद्यमशिलतमा सफल, अध्ययन अनुसन्धानमा सफल भएकाहरु आज नयाँ दलको खोजीमा लागिरहेका छन्। यस्तो पृष्ठभुमिमा कांग्रेसले सदस्यताको १० बर्षे पर्खाल लगाएर यस्ता मानिसलाई छेकिरहने हो कि यो सब हटाएर स्वागत गर्ने वातावरण बनाउने हो ? यस्ता गम्भिर पक्षमा केन्द्रीय समिति केन्द्रित रहनुपर्ने होइन र ? राजनीतिका लागि राजनीति मात्रै गर्ने र राजनीतिलाई पेशा बनाउनेबाट अबको राजनीति अगाडि बढ्न सक्दैन भन्ने हामीले स्पष्ट रुपमा बुझ्दा हुन्छ। 

नेपाली कांग्रेसलाई अब आउने दिनमा यस्तो किसिमको रुपान्तरित पार्टीको हेर्न चाहान्छुँ, जसले सम्पूर्ण रुपमा यस्ता मानसिकतालाई चिर्न सकोस्। नेपाली कांग्रेस अब अर्कै ढंगबाट जाग्यो भन्ने महशुस गराउन सक्नुपर्छ। यसले देशलाई कन्ट्रिव्युसन गर्न सक्ने आम मानिसका लागि सम्पूर्ण रुपमा ढोकाहरु खोल्यो भन्ने देखाउनुपर्छ। १० बर्षसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ। विभिन्न क्षेत्रबाट आएका, सरकारी जागिरबाट आएका, उद्यम व्यवसाय गरेका मानिसहरुले धमाधम पार्टी दर्ता गर्दैछन्। आम नागरिकको सोंच कहाँ पुगिसक्यो तर हाम्रो सोंच कता अल्झिरहेको छ ? के हामी यि सबै बदलिदो परिस्थितीलाई समेट्न तयार छौँ ? हामी जेनजीलाई समेट्न तयार छौँ ? के हामी जेनजीको भावनालाई सम्बोधन गर्न तयार छौँ ? तर मैले यहाँ फेरी पनि उहि पुरानै मानसिकता मात्रै देखिरहेको छुँ।

 मेरो सन्दर्भमा भन्ने हो भने आदरणीय पार्टी सभापतिज्यूले पार्टीमा आमन्त्रण गर्नुभयो–आउनुस् यो पार्टीमा बसेर देशको सेवा गर्नुस, आर्थिक विकासको नेतृत्वदायी भूमिका निर्वाह गर्नुस्। २०७४ सालको आम निर्वाचनमा म देशभर नेताहरुसँगै पुगेर ४० वटा चुनावी सभाहरुलाई सम्बोधन गर्ने अवसर पाएँ। तर उक्त समयमा कांग्रेसको पक्षमा चुनावी परिणाम राम्रो आउन सकेन। त्यो बेला कम्युनिष्ट पार्टीहरुवीचको एकताले चुनावी परिणाम उनीहरुको पक्षमा गएको थियो। अहिले फेरी पनि, सबैभन्दा लार्जेस्ट पार्टीका रुपमा उभिएको हाम्रो पार्टी जुन ठाउँमा उभिएको छ हामीले निकाश खोज्न सकेनौँ भने र नयाँ ढंगले आफुलाई प्रस्तुत गर्न सकेनौँ भने, देशभित्र र देशबाहिर रहेका नेपालीका सामू नयाँ परिवेशमा सुधारका साथ पार्टी उभियो भनेर देखाउन सकेनौँ भने मलाई लाग्छ हामीले भोली त्यहि नै नियती भोग्नुपर्नेछ। केन्द्रीय समितिको छलफलको बिषय भने यो हुनुपथ्र्यो र हुनुपर्छ। हाम्रो रणनीति के ? जेनजीको भावनालाई सम्बोधन गर्न। हामीले पार्टीभित्र त्यस्ता अनुहारहरुलाई भित्रयाउने कि नभित्रयाउने ? पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन नयाँ जोश र जाँगर देखाउने कि नदेखाउने ? टेक्निकल कुरामा अल्झेर बसेर पार्टी बन्छ ? यो वा त्यो हुदैन भनेर टाईमपास गर्नु त्यति महत्वपूर्ण कुरा होइन। मुख्य कुरा त के हो भने जोसँग हामीले प्रतिस्पर्धा गर्नुपर्नेछ, उनीहरु धेरै अगाडि पुगिसकेका छन् भन्ने बुझ्नुपर्छ। जुन प्रकारको संगठन उनीहरुको छ र जुन प्रकारले जुट्दैछन् त्यसलाई हामीले बुझ्न ढिलाई गरिरहेका छौँ। नयाँ पुस्तालाई यदि नजरअन्दाज गरियो भने जुनसुकै पक्षले जितेपनि पार्टीले भने हार्नेछ। जय नेपाल।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad