राजनीति


सुदनको कुरा काट्दै रक्षाले भनिन् : गृहमन्त्रीको राजीनामा चाहँदैनौँ

सुदनको कुरा काट्दै रक्षाले भनिन् : गृहमन्त्रीको राजीनामा चाहँदैनौँ

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार ७:४५, काठमाडौँ

सरकार पक्षसँगका वार्ताहरूमा जेनजीका तर्फबाट अघि सरिरहेका ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेलगत्तै जेनजी आन्दोलनका एक अगुवा तथा ‘जेन-जी फ्रन्ट नेपाल’का संयोजक रक्षा बमले त्यसको खण्डन गरेकी छन्। 

बमले आफूहरूले गृहमन्त्रीको राजीनामा होइन, परिणाम र काम चाहेको बताएकी हुन्। 

‘हामी नागरिक सरकारको पक्षमा छौँ तर खबरदारी निरन्तर गर्छौँ’, उनले बिहीबार सामाजिक सञ्जालमा लेखेकी छन्, गृहमन्त्रीको राजीनामा चाहँदैनौँ, परिणाम र काम चाहन्छौँ।’

यसअघि सुदन गुरुङले गृहमन्त्री अर्यालले काम गर्न नसकेको भन्दै पद छाड्नुपर्ने बताएका थिए।

‘अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश’ भन्दै सुदनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्। देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमानदेखि चरित्र हत्यासमेत सहेर बसेँ। कुनै स्पष्टीकरण पनि दिन उचित ठानिनँ। कज मैले सोचेको थिएँ, कामले देखाउँछ र कामले बोल्छ। अझै पनि देश बन्छ भने करोडौँ अट्याकहरू सहन तयार छु तर, अब तपाईँबाट आशा मरिसकेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad