समाज


प्रहरी निरीक्षक अनु लामा ९१ दिनदेखि गैरहाजिर, गृहले दियो सेवाबाट हटाउने चेतावनी

प्रहरी निरीक्षक अनु लामा ९१ दिनदेखि गैरहाजिर, गृहले दियो सेवाबाट हटाउने चेतावनी

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार ७:४६, काठमाडौँ

बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामा लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ। 

गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन इन्सपेक्टर लामालाई निर्देशन दिएको हो। 

गृह मन्त्रालयका अनुसार उनी गएको असार २५ गतेदेखि कार्यालयमा उपस्थित भएकी छैनन्।

त्यतिबेला दस दिनको बिदा लिएर बसेकी उनले त्यसपछि पुनः १० दिन थप बिदा स्वीकृति गराएकी थिइन्।

२० दिनको बिदा सकेपछि गएको साउन १६ गते नै उनी कार्यालयमा हाजिर हुनुपर्ने थियो। तर, त्यसयता पनि कसैलाई जानकारी नगराई उनी गैरहाजिर रहेको मन्त्रालयले जारी गरेको सूचनमा उल्लेख छ। 

कार्यालयमा अनुपस्थित भएपछि सम्बन्धित निकायले उनको खोजतलास गरेको थियो। त्यसपछि उनको काभ्रेको बेथानचोक गाउँपालिका- ५ स्थित घरमा पनि सूचना टाँस गरिएको थियो। त्यति गर्दासमेत उनी कार्यालयमा अनुपस्थित भएपछि सार्वजनिक सूचना जारी गरिएको गृह मन्त्रालयले जनाएको छ। 

सूचना प्रकाशित भएको ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन लामालाई गृहले निर्देशन दिएको छ।  

‘अन्यथा तपाईं उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को बिदा स्वीकृत नगराई लगातार ४५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कसूरमा साेही नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने छ,’ गृहले जारी गरेको सूचनामा भनिएको छ। 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad