राजनीति


विप्लव, शर्मा र भुसालबीच बृहत् वामपन्थी अभियानका लागि सहकार्य गर्ने सहमति

विप्लव, शर्मा र भुसालबीच बृहत् वामपन्थी अभियानका लागि सहकार्य गर्ने सहमति

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १२:५६, काठमाडौँ

नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा, एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भूसाल र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच सहकार्य गर्ने सहमति भएको छ।

शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासमा तीन नेताबीच भएको छलफलमा  बृहत् वामपन्थी अभियानका लागि सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको हो।

तीन नेताले निर्माण गर्ने मोर्चाको नाम र संरचनाबारे थप छलफल भइरहेको एक नेताले जानकारी दिए। 

माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका १० वामपन्थी घटकबीच कात्तिक १९ गते भएको एकता प्रक्रियाप्रति शर्मा, भुसाल र विप्लव असन्तुष्ट छन्। 

एमाले र नव गठित नेकपासँग असन्तुष्ट नेताहरूबीच छुट्टै ध्रुवीकरण हुने चर्चा चलिरहेको बेला तीन नेताले आज छलफल गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad