राजनीति


रास्वपाले भन्यो- संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन अनिवार्य

रास्वपाले भन्यो- संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन अनिवार्य

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १४:१६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन अनिवार्य भएको भएको छ।

चितवनको सौराहामा शुक्रबार सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचनको आवश्यकता र सरकारको जिम्मेवारीबारे जोड दिइएको छ।

‘दलीय व्यवस्थामा विशेष परिस्थितिका कारण गैर-दलीय सरकार बनेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचन गराउने मूल दायित्व बोकेको सरकारले चुनावी वातावरण निर्माणमा निरन्तर सचेत र खबरदारी गर्नुपर्ने छ।’

उनका अनुसार संविधानलाई कार्यान्वयनको ट्रयाकमा ल्याउन निर्वाचन अपरिहार्य छ। ‘लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास राख्ने राजनीतिक दललाई पनि चुनावप्रति प्रतिबद्ध हुन प्रोत्साहित गर्न आवश्यक छ,’ उनले प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad