राजनीति


मधेसकी प्रदेश प्रमुखले प्रदेशको अस्मिता समाप्त पारिन्: भरत साह

मधेसकी प्रदेश प्रमुखले प्रदेशको अस्मिता समाप्त पारिन्: भरत साह

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार ९:१३, काठमाडौँ

मधेस प्रदेश माओवादी संसदीय दलका नेता भरत साहले नयाँ मुख्यमन्त्री नियुक्तिप्रति विरोध जनाएका छन्। 

होटलमा मुख्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल खेलेको उनको आरोप छ। 

‘स्वास्थ उपचारको नाममा जनकपुरबाट काठमाडौँ हिँडेकी मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भन्डारीले सिन्धुली र महोत्तरीको सिमानाको पानस होटलमा प्रदेसको अस्मितालाई  समाप्त पार्ने खेल गरिन्,’ सोमबार बिहान साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो घृणित कार्यको शसक्त प्रतिरोध गरौँ।’

यसअघि मधेसको सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) भित्रको आन्तरिक विवादको कारण मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको थियो। 

तत्कालीन माओवादी केन्द्रका संयोजक प्रचण्डले यही कात्तिक १७ गते मधेस प्रदेशका सभामुखलाई पत्र पठाउँदै भरत साहलाई माओवादीको मधेस प्रदेश संसदीय दलको नेतामा पुनस्स्थापना गर्न भनेका थिए। 

उनी संसदीय दलको नेतामा पुन स्थापना भएपछि प्रदेशसभामा माओवादीका सांसद विभाजित हुँदा बहुमत सिद्ध गर्न नसकेर सोनल नेतृत्वको सरकार ढलेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad