आगामी प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन आयोगले आचारसंहिताको मस्यौदा तयार गरेको छ।
आयोगले बिहीबार निर्वाचन आचारसंहिता, २०८२ को मस्यौदा सार्वजनिक गर्दै राय सुझाव दिन आग्रह गरेको छ। विभिन्न क्षेत्रबाट प्राप्त हुने राय सुझावका आधारमा आचारसंहिता परिमार्जन गरिने आयोगले जनाएको छ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले आचारसंहिता तयार गरिएको मस्यौदामा उल्लेख छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ मा आचारसंहितबारे व्यवस्था गरिएको छ। त्यसकै आधारमा आयोगले आचारसंहिताको मस्यौदा तयार गरेको जनाएको छ।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ। आयोगले चुनावको ४५ दिनअघिदेखि निर्वाचन आचारसंहिता लागू गर्दै आएको छ।
6
Shares

प्रतिक्रिया