एएफसी एसियन कपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँग मैत्रीपूूर्ण खेल खेल्दैछ।
बंगलादेशको ढाकास्थित ढाकास्थित नेसनल स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ।
यसअघि नेपालको घरेलु मैदानमा भएको पहिलो मैत्रीपूर्ण खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए।
नेपाल आजको खेलमा जितविहिन यात्रालाई पूर्णविराम लगाउन चाहान्छ।
बगंलादेशसँगको मैत्रीपूूर्ण खेलपछि नेपाली टोली एसियन कप छनोट खेल्न मलेसिया जानेछ।
एसियन कप छनोटबाट बाहिरिसकेको नेपाली टोली सुधारिएको प्रर्दशन गर्ने योजनामा छ।
48
Shares

प्रतिक्रिया